८ भाद्र २०८२, आईतवार
Follow Us

किन बोलाए सभापति देउवाले पदाधिकारी बैठक

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८२, आईतवार १४:०४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार बिहान १० बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरि बाेलाएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आइतबार कार्यतालिका प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

धेरै पढिएको