संसद भवनभित्र रहेको राष्ट्र बैंकको शाखाबाट भने ५ करोड नगद र १८ किलो सुन चोरी
लण्डन । गत साता भएको जेनजी आन्दोलनका क्रममा ठूलो परिमाणमा नगद र सुन लुटिएको राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले बताएका छन्।
नेपालबाट सञ्चालित एक पोटकास्टलाई मंगलबार दिएको अन्तर्वार्तामा उनले राष्ट्र बैंकको बानेश्वर शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको जानकारी दिएका हुन्। तर उनले यस घटनाले बैंकिङ प्रणालीमा ठूलो समस्या नल्याएको उल्लेख गर्दै, पेमेन्ट सिस्टम भने सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारे।
पौडेलका अनुसार राष्ट्र बैंकमा हुने आक्रमणबारे पहिले नै पूर्वसूचना भएकाले आफू सचेत रहेको बताए। उनले एनआरएनए भित्र रहेको राष्ट्र बैंकको रिसर्च डिभिजनमा मात्रै आक्रमण भएको दाबी गरे।
यस्तै, भरतपुरमा एटिएम लुट्ने प्रयास भए पनि नगद चोरी गर्न नसकिएको उनले जानकारी दिए। तर संसद भवनभित्र रहेको राष्ट्र बैंकको शाखाबाट भने ५ करोड नगद र १८ किलो सुन चोरी भएको उनले पुष्टि गरे।
पौडेलका अनुसार देशभरका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा जम्मा करिब ३८ करोड रुपैयाँ बराबरको नगद लुटिएको छ।