७ आश्विन २०८२, मंगलवार
Follow Us

नमोबुद्धका पूर्व नगरप्रमुख तिमल्सिनाको निधन

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८२, मंगलवार ०५:३१

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्व नगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौँतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् । गम्भीर घाइते उहाँ धुलिखेल अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए। तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।

धेरै पढिएको