९ आश्विन २०८२, बिहीबार
Follow Us

दसैँका लागि काठमाडौं उपत्यका छाड्नेको लर्को

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८२, बिहीबार ०६:०१

काठमाडौं । नेपाली हरुको महान पर्व दसैँ नजिकिएसँगै पछिल्ला दिनहरुका काठमाडौं उपत्यका छोड्नेहरूको सङ्ख्या निरन्त बढ्दै गएको छ ।

स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौंको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाडौं उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिएका छन ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

जसका कारण टिकट लिनेहरूको समेत गोङ्गबु बस पार्कमा भीड लागेको छ । हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

धेरै पढिएको