काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।