काठमाडौँ। भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ ।
भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् ।
उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो ।
जसमा पञ्जाबी भाषाको संस्करण ५० वर्षपछि पहिलो पटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ।