१९ माघ २०८२, सोमबार
Follow Us

महाधिवेशनको गाँठो फुकाउन आफूनिकट नेताहरूसँग छलफलमा देउवा

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८२, बिहीबार ११:५८

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको विवाद मिलाउन आफैँ सक्रिय भएका छन्।

महाधिवेशनबारे चर्किएको विवाद कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँले छलफल थालेका हुन्।

अहिले देउवासँग उनीनिकटका शीर्ष नेताहरूबिच छलफल जारी रहेको एक नेताले बताए।

देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा. शशांक कोइराला र डा. प्रकाशशरण महतलगायत सहभागी छन्।

देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर महामन्त्रीद्वयले चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइराखेका छन्।

धेरै पढिएको