लन्डन । युरोपस्थित प्रवासी नेपाली मंचले नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।
पार्टी स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र सहर राखिने युरोप क्षेत्रमा ५ जना प्रतिनिधि बिहीबार भएको बैठकमा सर्वसम्मत चयन गरिएको हो।
चयन भएका प्रतिनिधिहरूमा मुक्त गुरुङ (स्पेन), सालिक थपलिया (बेल्जियम), सन्तोष भट्टराई (जर्मनी), सरस्वती केसी (युके) र कल्पना त्रिपाठी (युके) रहेका छन्। एमालेले प्रवासी नेपालीहरूका लागि ३५ जना प्रतिनिधि कोटा निर्धारण गरेको छ।
मंसिर २७ देखि काठमाडौंमा हुने सो महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।