काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक मुहान सच्याउनुपर्ने बताएका छन्।
पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै आज देशमा राजनीतिक मुहान बिग्रिएको बताएका हुन्।
ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीप्रति संकेत गर्दै उनले भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई? यस्ता यस्ताबाट हामी गुज्रिरहेका छौँ। यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ।’
उनले अहिलेको सरकार देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा, आगजनीबाट बनेको टिप्पणी गरे। देशलाई सही ट्र्याकमा फर्काउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको दोहोर्याएका छन्।
अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उनको तर्क छ।