काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।
विघटित प्रतिनिधि सभाको एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते रिट दायर गरेका थिए। उक्त रिटमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो।