७ पुष २०८२, सोमबार
Follow Us

सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन: महेश बस्नेत

नेपालब्रिटेन संवाददाता
७ पुष २०८२, सोमबार १३:०७

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।

सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् ।

उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताए । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए ।

उनले भने ‘निर्वाचन भयरहित हुनुपर्यो । निष्पक्ष हुनुपर्यो, धाँधलीरहित हुनुपर्यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५र७ जिल्ला जाँदा ढुङ्गा खाएर आएको मान्छे । हामीले ढुङ्गा खाएबापत खुसीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । र नो भोटको प्रावधान राखौँ भन्ने पनि आएको छ । अब फागुन २१ मा चुनाव भएन र स¥योभने संसद पुनः स्थापना हुन्छ कि के हुन्छ रु ६ महिना भन्दा बढी ग्याप त हामीले देखेका छैनौँ । अहिले लोकतान्त्रिक पद्धति मिचेर भटाभट अध्यादेश ल्याइरहनुभएको छ ।’

सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्धति समेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाए ।

धेरै पढिएको