९ माघ २०८२, शुक्रबार
Follow Us

प्रलोपासँग चुनावी एकता गर्दै कुलमान घिसिङ

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८२, आईतवार १३:२९

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ ।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् भने उज्यालो नेपाल पार्टीमा उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् ।

आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले मकालुखबरलाई बताए । उनले भने ‘हामी सहमति नजिक पुगेका छौँ । आजै सहमति गर्ने तयारी छ ।’

जनार्दन शर्मा उर्जामन्त्री हुँदा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

यसअघि कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकताको तयारी भएको थियो । तर, रास्वपामा वरीयता र पद बाँडफाँडमा कुरा नमिलेपछि एकता भङ्ग भएको थियो ।

धेरै पढिएको