काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको हो ।
महासंघले मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रको मनोबल उच्च राख्न विभिन्न छलफल तथा अन्तर्क्रिया गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित सरकारका मन्त्री, प्रमुख राजनीतिक दल, निजी क्षेत्र र युवा पुस्ताको सहभागिता रहेको छ ।