२९ पुष २०८२, मंगलवार
Follow Us

कांग्रेसको कलह सुल्झाउन लाजिम्पाटमा त्रिपक्षीय वार्ता, खोजिँदैछ सहमतिको खाका

नेपालब्रिटेन संवाददाता
२९ पुष २०८२, मंगलवार ०४:२९

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक गतिरोध अन्त्यका लागि मुख्य तीन पक्षबीच निर्णायक संवाद सुरु भएको छ । विशेष महाधिवेशनले पार्टीभित्र सिर्जना गरेको नयाँ समीकरण र विवादलाई किनारा लगाउन संस्थापन पक्ष , शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधर नेताहरू मंगलबार बिहानैदेखि वार्तामा जुटेका हुन् ।

लाजिम्पाटस्थित एक नेताको निवासमा जारी त्रिपक्षीय वार्तालाई पार्टीको सम्भावित विभाजन रोक्ने र एकता कायम गर्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ । वार्तामा तीनै पक्षका प्रभावशाली नेताहरूको सहभागिता रहेको छ ।

विशेष महाधिवेशन पक्षको तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्यले प्रतिनिधित्व गरेका छन् । त्यस्तै, नेता शेखर कोइरालाको समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्तामा सहभागी छन् भने संस्थापन (देउवा) पक्षका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँणले सहजीकरण गरिरहेका छन् ।

यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर आफ्नो बटमलाइन बुझाएका थिए । महामन्त्रीहरूले अघि सारेको सोही अडान र विशेष महाधिवेशनको अपनत्व लिने विषयमै अहिलेको छलफल केन्द्रित भएको बुझिएको छ ।

धेरै पढिएको