३० पुष २०८२, बुधबार
Follow Us

आमा बनेपछि फिल्ममा डेब्यु गर्नु ‘अपवाद’: सृजना निङलेखु

नेपालब्रिटेन संवाददाता
३० पुष २०८२, बुधबार १२:३३

काठमाडौँ । अभिनेत्री सृजना निङलेखु अभिनीत चलचित्र ‘मिरमिरे’ यही माघ १ गते बिहीबार (भोली) देखि देशभर प्रदर्शनमा आउँदै छ । गत वर्ष पुस २६ मा रिलिज भएको चलचित्र ‘कार्साङ’ उनको डेब्यु चलचित्र हो । यसअघि उनले ‘जारी २’ मा पनि काम गरिसकेकी छन् भने ‘मिरमिरे’ उनको तेस्रो चलचित्र हो ।

पहिल्यैदेखि युट्युब भ्लग, म्युजिक भिडिओ, थिएटर र रेडियोमा कार्यक्रम प्रस्तोताको समेत अनुभव बटुलेकी अभिनेत्री निङलेखुले आमा बनिसकेपछि मात्रै चलचित्रमा डेब्यु गर्ने अवसर पाइन् ।

यस अवसरलाई उनले ‘अपवाद’ भनेकी छन् । किनभने अक्सर चलचित्रमा काम गर्ने नायिकाहरूको विवाह पश्चात् करियरको ‘डाउनफल’ सुरु हुन्छ । यद्यपि उनको अवस्थामा भने फरक रह्यो । तर सहज भने नरहेको उनी बताउँछिन् ।

अहिले पनि सामाजिक सञ्जालमा यसै विषय भएर उनलाई थुप्रै अपशब्दका गालीहरू आउने गरेका छन् । उनले यस क्षेत्रमा काम गर्नु आफ्नो प्यासन रहेको भन्दै सन्तानलाई जन्म दिइसकेपछि पनि सोही अनुरूप कामलाई निरन्तरता दिइएको बताइन् ।

हामीले चलचित्र ‘मिरमिरे’ सँगै माथि उल्लेखित विषयहरूमा अभिनेत्री सृजना निङलेखुसंग केहि प्रश्न गरेका गरेका छौँ ।

धेरै पढिएको