१७ फाल्गुन २०८२, आईतवार
Follow Us

अबुधाबी विमानस्थलमा एक जनाको मृत्यु, सात घाइते

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८२, आईतवार ०४:२६

संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आएको इरानी ड्रोन अवरोध गर्ने क्रममा एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

अबुधाबी विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विमानस्थलतर्फ लक्षित ड्रोनलाई बिचमै अवरोध गरेका थिए । ड्रोन अवरोधपछि खसेका अवशेषका कारण उक्त मानवीय क्षति भएको जनाइएको छ ।

प्राधिकरणले सर्वसाधारणलाई अफवाह वा अपुष्ट सूचना नफैलाउन आग्रह गर्दै अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोतहरूमा मात्र भर पर्न अनुरोध गरेको छ । घटनासम्बन्धी थप विवरण उपलब्ध हुनेबित्तिकै सार्वजनिक गरिने पनि जनाएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी) मा पनि सामान्य क्षति पुगेको छ। उक्त घटनामा चार जना कर्मचारी घाइते भएका छन् । दुबई एयरपोर्ट्सले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सूचनामा विमानस्थलमा क्षति पुगे पनि अवस्था छिट्टै नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

आपतकालीन उद्धार टोली तुरुन्त परिचालन गरी सम्बन्धित निकायसँग समन्वयमा अवस्था व्यवस्थापन गरिएको जनाइएको छ ।

धेरै पढिएको