२३ चैत्र २०८२, सोमबार
Follow Us

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०८२, सोमबार १०:५२

काठमाडौँ । आज नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो। सो दिन १२ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसदिन नेप्से उच्च अंकले बढे पनि कारोबार रकममा भने आइतबारको तुलनामा कमी आएको छ। ३४५ वटा स्क्रिप्सको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँमा खरिदबिक्री भएका छन्।

८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लघुवित्त वित्तीय संस्था,भुजुङ्ग हाइड्रोपावर,रिडी पावर,नेसनल हाइड्रोपावर,सुपर खुडी हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सूर्यमूखी हाइड्रो इलेक्ट्रिक र होटल फरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

धेरै पढिएको