८ बैशाख २०८३, मंगलवार
Follow Us

पश्चिम एसियाका अधिकांश मुलुकमा श्रम स्वीकृति पुन: सञ्चालन

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८३, मंगलवार ०२:१८

काठमाडौँ । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशहरूका लागि रोकिएको श्रम स्वीकृति सेवा पुन: सञ्चालनमा ल्याएको छ। विभागले सूचना जारी गर्दै यसअघि अस्थायी रूपमा स्थगन गरिएको प्रक्रिया अब पुन: सुरु गरिएको जनाएको हो।

विभागका अनुसार क्षेत्रीय परिस्थितिका कारण साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत मुलुकहरूमा श्रम स्वीकृति सेवा केही समयका लागि रोकिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार इराक बाहेकका सबै उल्लेखित देशहरूमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसम्बन्धी सबै प्रकारका श्रम स्वीकृति प्रक्रिया पूर्ववत रूपमा सञ्चालनमा ल्याइएको विभागले स्पष्ट पारेको छ।

इराकका हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नै श्रम स्वीकृति प्रक्रिया अघि बढाइने व्यवस्था कायम रहने बताइएको छ। विभागले यो निर्णयबारे सम्बन्धित सबै सरोकारवाला निकाय तथा सेवाग्राहीलाई औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।

धेरै पढिएको