३ जेष्ठ २०८३, आईतवार
Follow Us

बडिमालिकाको दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८३, आईतवार ०१:५२

धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। उनका अनुसार दर्शनका लागि बडिमालिका जाने क्रममा खारेको जङ्गलमा एक्कासी बेहोस भएपछि तीर्थयात्रा गएको टोलीले जिल्ला अस्पताल बाजुरामा उपचारका ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको थियो।

मृतक पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडीमालिका दर्शनका लागि तीर्थयात्रामा गएका प्रहरीले जनाएको छ। चार जनामध्ये पन्थीलाई लेक लागेर एक्कासी बेहोस भएका कारण उपचारका ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता शाहीले जानकारी दिए।

धेरै पढिएको