२३ जेष्ठ २०८३, शनिबार
Follow Us

श्रीमतीको हत्या आरोपमा ’नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८३, शनिबार ०३:०१

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा रड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

पैँयुटार बस्ने ’नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति १०ः१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

धेरै पढिएको

slot gacor