७ असार २०८३, आईतवार
Follow Us

राहदानी शिविरको अनियमितता छानबिन सुरु, एनआरएनए पोल्याण्ड विवादमा

नेपालब्रिटेन संवाददाता
७ असार २०८३, आईतवार ११:४०

काठमाडौं । परराष्ट्र मन्त्रालयले पोल्याण्डको राजधानी वारसामा राहदानी नवीकरण गर्दा अतिरिक्त शुल्क लिई आर्थिक अनियमितता गरेको घटनामाथि छानबिन सुरु गरेको छ । छानबिनका लागि मन्त्रालयले फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको छ ।

सन् २०२४ जुन २७ देखि जुलाई १ सम्म पोल्याण्डको राजधानी वारसामा राहदानी शिविर भएको थियो । शिविर व्यवस्थापन एनआरएनए पोल्याण्डले गरेको थियो । ७५६ जना सेवाग्राहीबाट सरकारी राजश्वबाहेक कुरियर शुल्क भन्दै आठ लाख ५२ हजार रुपैयाँभन्दा बढी असुल गरेको आरोप छ । यो विवादमा एनआरएनए पोल्याण्डसमेत मुछिएको छ ।

शिविरमा आर्थिक अनियमितता भएको भन्दै सेवाग्राहीहरुले परराष्ट्रमा उजुरी हालेका थिए । परराष्ट्रले पोल्याण्डसमेत हेर्ने जर्मनीस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै सोबारे छानबिन गर्न निर्देशन दिएको थियो । त्यसपछि दूतावासले तीन सदस्यीय आन्तरिक समिति गठन गर्‍यो ।

धेरै पढिएको