६ भाद्र २०८३, शनिबार
Follow Us

बेलायतमा प्रहरी सवारीसाधन र कार ठोक्किँदा सात जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८३, शनिबार १४:३०

बेलायतको टिसाइडस्थित मिडल्सब्रो नजिकै प्रहरीको सवारीसाधन र फोक्सवागन पासाट कार आपसमा ठोक्किँदा दुई प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको छ।

दुर्घटना शनिबार बिहान ३ः३० बजेपछि साउथ बैंक क्षेत्रमा भएको हो। दुर्घटनास्थलमा ठूलो संख्यामा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो। नर्थ इस्ट एम्बुलेन्स सर्भिसले घटनास्थलमा १४ वटा एम्बुलेन्स तथा अन्य स्वास्थ्य आपत्कालीन स्रोत परिचालन गरेको जनाएको छ।

प्रहरीको निगरानी गर्ने स्वतन्त्र निकायले घटनाबारे अनुसन्धान सुरु गरेको छ। उक्त निकायका अनुसार क्लिभल्यान्ड प्रहरीले एउटा शंकास्पद सवारीसाधन देखेपछि त्यसलाई पछ्याउने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

क्लिभल्यान्ड प्रहरीकी प्रमुख प्रहरी अधिकारी भिक्टोरिया फुलरले घटनालाई अत्यन्तै दुःखद भन्दै यसको प्रभाव पूरै क्लिभल्यान्ड समुदायले महसुस गर्ने बताएकी छन्।

घटनाको कारण र प्रहरीको पछ्याउने कारबाहीसँग दुर्घटनाको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ। अधिकारीहरूले घटनास्थलमा प्रमाण संकलन तथा दुर्घटनाको परिस्थितिबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।

धेरै पढिएको