२८ आश्विन २०८३, बुधबार
Follow Us

गृहमन्त्री गुरुङ तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८३, बुधबार १५:५७

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफ्नो तीनदिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली गएका थिए।

गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार, गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गर्ने निर्धारित कार्यसूची अनुसार भेटघाटसमेत गरेका थिए । सोही कार्यसूचीअनुसार असोज २७ गते दुई मन्त्रीबीच भेटवार्ता भएको थियो।

प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारी भइरहेका बेला गृहमन्त्री गुरुङको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

धेरै पढिएको