एनआरएनए एनसीसी रोमानियाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा गोमा देवी थापा मगर चयन
रोमानिया। विश्वभर गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल विस्तार गर्ने तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई थप सक्रिय र सशक्त बनाउने अभियान जारी रहेको छ। यसै क्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रोमानियाले गोमा देवी थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा गोमा देवी थापा मगर चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा राजु लामा रहनुभएको छ। त्यसैगरी उपाध्यक्षमा सागर क्षेत्री, सुरेन्द्र लामा, थमन गुरुङ र टेक्सुराम राई चयन हुनुभएको छ।
नयाँ कार्यसमितिको महासचिवमा गोविन्द सुब्बा, सचिवमा माधव घिमिरे, सरोज खनाल, कृष्णबहादुर बि.क., मानबहादुर ब्लोन तामाङ र रञ्जित तामाङ गोले रहनुभएको छ।
त्यस्तै, कोषाध्यक्षमा राजु राना मगर तथा सहकोषाध्यक्षमा शशी लामा चयन हुनुभएको छ।
कार्यसमिति सदस्यहरूमा:
मनिष खत्री
अनिल पाण्डे
सन्तोष थापा मगर
अम्बरबहादुर तामाङ
गन्दीप मगर
लिला देवी ढकाल
ऋषिराम घिमिरे
म्याक्स सिंह
रोशन कुमार औरी
रुद्रबहादुर थामी
रमेश गिरि
नवगठित कार्यसमितिले रोमानियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै नेपालीहरूको हकहित, सामाजिक एकता तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

