ताजा खबर

नेपाली जनसम्पर्क समिति बेलायतको प्रवक्तामा पारस कोइराला मनोनयन

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले समितिको कार्यसमितिको प्रवक्तामा पारस कोइरालालाई मनोनयन गरेको छ।

समितिले ८ नोभेम्बर २०२६ मा जारी गरेको आधिकारिक पत्रमार्फत हन्स्लो, लण्डन निवासी कोइरालालाई प्रवक्ताको जिम्मेवारीमा मनोनयन गरिएको जानकारी गराएको हो।

नेपाली कांग्रेसको विधान तथा नेपाली जनसम्पर्क समिति बेलायतको नियमावलीबमोजिम उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको समितिले जनाएको छ।

नवनियुक्त प्रवक्ता कोइरालाले आगामी दिनमा समितिका आधिकारिक धारणा, विज्ञप्ति तथा सूचनाहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सम्प्रेषण गर्ने अपेक्षा गरिएको छ।

समितिले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य, नीति तथा गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा अघि बढाउन उनको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेको जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले जानकारी गराए।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम