कला तथा मनोरन्जन

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

मुम्बई। प्रियंका चोपडा जोनासले सन् २०१६ को आफ्नो मराठी चलचित्र ‘भेन्टिलेटर’ को सिक्वेल ‘भेन्टिलेटर २’ को घोषणा गरेकी छिन्। यो चलचित्र उनको ब्यानर ‘पर्पल पेबल पिक्चर्स’ अन्तर्गत निर्माण हुनेछ। यसमा उनी पुनः चलचित्र निर्माता राजेश मापुस्करसँग सहकार्य गर्दैछिन्, जो यसपटक लेखक र निर्देशकका रूपमा फर्किएका छन्। यो चलचित्र सन् २०२७ मा प्रदर्शन हुने तय भएको छ, तर यसका कलाकारहरू र कथावस्तुबारे भने अझै विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

इन्स्टाग्राममा यस परियोजनाको घोषणा गर्दै, प्रियंकाले मूल चलचित्रलाई सम्झिइन् र एक निर्माताका रूपमा आफ्नो यात्रामा त्यसको महत्त्वबारे चर्चा गरिन्। उनले ‘पर्पल पेबल पिक्चर्स’ स्थापना गर्नु पछाडिको उद्देश्यबारे पनि प्रकाश परिन्; यो कम्पनी अर्थपूर्ण कथाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको थियो।

यस घोषणालाई साझा गर्दै उनले लेखिन्, “१० वर्षअघि,   ‘पर्पल पेबल पिक्चर्समार्फत मैले यस्ता कथाहरू सुनाउने निर्णय गरेँ, जसको केही अर्थ हुन्छ। ‘भेन्टिलेटर’ हाम्रो कम्पनीका लागि त्यस्तै अत्यन्त महत्त्वपूर्ण कथाहरूमध्ये एक थियो। एक दशकपछि, हामी अझ धेरै कुराहरू लिएर यसमा फर्कँदै छौँ…”

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम