ताजा खबर

सरकार गठनदेखि संसद् विघटनसम्म असंवैधानिक काम भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् ।

एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतङ्क, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन् ।

उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको आरोप पनि लगाए ।

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाई छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाई छ ।

लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उनको आरोप छ । उनले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए ।

राज्यका निकायहरू आदेशको भरमा नभई कानूनअनुसार चल्नुपर्ने उनको भनाई छ । देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागी दबाब दिन युवाहरू संगठित हुनुपर्ने उनले बताए ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् ।

एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन् । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लगाए । प्रधानन्यायाधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाइ छ ।

लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उनको आरोप छ । उनले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए । राज्यका निकायहरू आदेशको भरमा नभई कानुनअनुसार चल्नुपर्ने उनको भनाइ छ । देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागी दबाब दिन युवाहरू संगठित हुनुपर्ने उनले बताए ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम