२३ बैशाख २०८१, आईतवार
Follow Us

चिसो बढ्दो क्रममा; काठमाण्डौको तापक्रम १ डिग्री पुग्यो

sarusaru
२० पुष २०७४, बिहीबार ०७:३०

काठमाडौं । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ ।

‘काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भनिन्। बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ ।
चिसो बढेको कारण काठमाण्डौबासीहरु चोक चोकमा आगो बालेर तापिरहेका दृश्यहरु देख्न पाइन्छ ।