२१ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानमार सडक दुर्घटनामा सातको मृत्यु

sarusaru
२४ जेष्ठ २०७५, बिहीबार ०३:४३

योङ्गुन- म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये पाँच जना महिला रहेको गृह मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कार दुर्घटनामा परी नौ जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

मान्डलायदेखि मोन्यवासम्मको राजमार्गअन्तर्गत पर्ने सागाइङमा स्थानीय समयअनुसार मंगलबार बिहान ११ः३० मा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको कारको विपरित दिशाबाट आइरहेको छ पाङ्ग्रे ट्रकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ । ट्रकले पनि १६ जना यात्रु ल्याएको थियो ।
रासस/सिन्ह्वा