अन्जली पुरी, एसइइ नेपाल टपर
एसइइ परीक्षाको नतिजा सार्वजनिक भएपछि उत्कृष्ट को भन्ने विवाद पनि देखिएको छ । गे्रडिङ सिस्टममा गएपछि नम्बरको सट्टा ग्रेडिङ गर्ने प्रावधानले उत्कृष्टको विवाद समाधान माध्यमिक शिक्षा परिषद्बाट हुनसक्छ ।
महेन्द्र विद्याश्रम भक्तपुरका सार्थक मल्लको उत्कृष्ट भएको दाबी लगत्तै पर्वत कुश्मास्थित कालिगण्डकी एकेडेमीकी अन्जली पुरीले पनि जिपिए ४ नै ल्याएको दाबी विद्यालय र विद्यार्थी स्वयम्ले गरेकी छन् । अन्जलीसँग सञ्जीव अधिकारीले गरेको कुराकानी
० नेपाल टपर भएँ भनेर कहिले थाहा पाउनुभयो ?
– हिजो रिजल्ट आयो, साँझ साढे ६ बजेतिर थाहा पाएँ ।
० ४ जिपिए आउँछ भनेर आश गर्नुभएको थियो ?
– हल्का थियो पनि, डर पनि लागेको थियो ।
० केको डर ?
– नयाँ ठाउँमा चेक गर्ने जाने, के हुन्छ, कसो हुन्छ भन्ने डर लागेको हो ।
० कत्ति समय पढ्नु हुन्थ्यो ?
– स्कुल र घरमा राम्रै पढाइ थियो । र, त्यहीअनुसार मेहनत पनि गरेको थिएँ ।
० पढाइलाई कति समय छुटाउनुभएको थियो ?
– दिउँसो स्कुलमै पढथें ।
० चार जिपिए ल्याउन कतिको कठिन रहेछ ?
– मेहनत गर्नुपर्छ, कठिन हुँदैन । मेहनतको फल आइहाल्छ नि ।
० टिउसन पढ्नुभयो ?
– हामीलाई स्कुलमै टिउसनको सुविधा थियो । बाहिर टिउसन पढिएन ।
० घोकेर कि बुझेर पढ्नुपर्छ ?
– घोकेर होइन, बुझेर पढ्नुपर्छ । टिचरले पढाएको बेला पढाइमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसलाई नोट टाउन गरेर रिवाइज ग¥यो भने सजिलो हुँदो रहेछ ।
० के बन्ने लक्ष्य लिनुभएको छ ?
– विज्ञान विषय लिएर पढ्छु, भविष्यमा डाक्टर बन्छु ।