२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रहरीको गोली लागेर एकको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ असार २०७५, शुक्रबार ०४:४७

रौतहट । रौतहटमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नचिनिएको समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको हो । खुट्टा र पिठ्युमा गोली लागेर नचिनिएको समूहका एक सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा गए राति प्रहरी र ३ जनाको समूहबीच भिडन्त भएको थियो। दोहोरो भिडन्तमा प्रहरीबाट ३१ राउण्ड प्रहार भएको थियो भने अर्कोतिरबाट १२ राउण्ड गोली प्रहार भएको बताइएको छ ।
भरखरै किनेको मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना फायर गर्दै भारततिर भागेको रौतहट प्रहरीले जनाएको छ ।