१५ जेष्ठ २०८१, मंगलवार
Follow Us

कोशी कटान क्षेत्रमा गाडी दुर्घटना, ६ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ असार २०७५, मंगलवार ०४:५७

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । गए राति भारतीय नम्बर प्लेटको गाडी सडकबाट कोशीको कटानमा खसेको थियो । गाडीमा सवार १० जना मध्ये भारतको सुपौल जिल्लास्थित लक्ष्मनिया निवासी सन्दीप कुमार, गोनु कुमार तथा अरु दुई महिला र दुई पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नारायण चिमरियाका अनुसार, बोलेरो गाडीमा सवार दुई व्यक्तिको नाम खुले पनि चारजनाको नाम खुल्न नसकेको बताउनु भयो । दुर्घटनामा परेका मध्ये १० वर्षिय आदिल कुमार, ३५ वर्षिय ललन कुमार र ३० वर्षिया महिला कंचन कुमारी घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुलाई विराटनगरस्थित सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ ।