१२ बैशाख २०८१, बुधबार
Follow Us

१ हजार २ सय ८५ रोपनी क्षेत्रफलमा गाजा फँडानी

sarusaru
१ भाद्र २०७५, शुक्रबार ०४:४५

बागलुङ – केही दिनदेखि प्रहरीले थालेको गाजा खेती नष्ट गर्ने अभियानमा १ हजार २ सय ८५ रोपनी क्षेत्रफलको नष्ट गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ बालनरसिंह राणाले दिएको जानकारी अनुसार, ईलाका प्रहरी कार्यालय बुर्तिवाङ र हरिचौरको कार्यक्षेत्रमा गाजा नष्ट गरिएको हो । साउनको २४ गतेदेखि २९ गतेसम्म लगाएर प्रहरीले अबैध खेती नष्ट गरेको हो । निसीखोला गाउँपालिकाको विभिन्न स्थान, बडिगाड गाड र ताराखोला गाउँपालिकाको समेत विभिन्न स्थानमा पुगेर नष्ट गरिएको थियो । प्रहरी उपरिक्षक दिपक रेग्मीको नेतृत्वमै ती स्थानमा प्रहरी पुगेर गाजा नष्ट गरेको थियो ।
ती क्षेत्रका बासिन्दालाई समेत अवैध रुपमा गाजा खेती नगर्नपनि भनिएको बताइएको छ । केही स्थानमा भने तरकारी र मकै लगायतको खेती लगाउन शुरु भैसकेको पाइएको हो । यसअघि पनि ताराखोला लगायतका स्थानमा व्यक्तिगत र सार्वजनिक स्थानको गाजा नष्ट गरिएको थियो । गाजालाई कानूनी रुपमा लागू औषधको रुपमा लिइन्छ । यस्तो गाजालाई बागलुङमा भने अचार खाने भाँगोको रुपमा लिइने भएकोले ती क्षेत्रमा धेरै लगाईएको पाईन्छ । कतिपय किसानले अचारका लागि मात्र लगाएका छन्भने ती स्थानबाटै अवैध कारोवार गर्ने गाजा र चरेस बनाउन सक्ने खतरा पनि भएकोले समयमै सचेत बनाइएको प्रहरीले बतायो । ती स्थानमा प्रहरीले नागरिक सुनुवाई तथा सचेतना कार्यक्रम समेत संचालन गरेको छ । त्यस्तो सचेतना कार्यक्रममा प्रहरीले तरकारी र अन्य अन्न लगाउन सुझाव दिएको थियो ।