२२ बैशाख २०८१, शनिबार
Follow Us

छक्का पन्जा १७ सेप्टेम्बरमा अल्डरसटमा

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०८:०६

लन्डन । शुक्रबारबाट रिलिज भएको दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा छक्का पन्जा बेलायतको अल्डरसटमा समेत प्रदर्शन गरिने भएको छ । छक्का पन्जा आगामी १७ सेप्टेम्बर सांझ ६ बजे प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।

आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेका बीरेन्द्र खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाउन लागिएको जनाए । आयोजक समूहका राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्का पनि यतिखेर प्रदर्शनको तयारीमा जुटेका छन् ।

दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् ।

यो फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि खुब चर्चित भए । यी दुवै फिल्म बेलायतमा प्रदर्शन भइसकेका थिए ।