१५ असार २०८१, शुक्रबार
Follow Us

टोटनह्यामसँग चेल्सी पराजित

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार ०४:३८

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अपराजित शृङ्खला तोडिएको छ । गएराति भएको खेलमा चेल्सीलाई आफ्नै शहरको प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरले ३–१ ले पराजित गर्‍यो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन डेले अली, ह्यारी केन र सन हिउङ मिनले एक–एक गोल गरे ।

पराजित टोली चेल्सीका ओलिभर जिरुले एक गोल फर्काए । जितसँगै टोटनह्याम हट्सपरले प्रिमियर लिगको अंक तालिकामा चेल्सीलाई उछिनेको छ । तेस्रो स्थानमा उक्लिएको टोटनह्यामले १३ खेलबाट ३० अंक जोडेको छ । समान खेलबाट २८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।

३५ अंकसहित म्यान्चेस्टर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । गएरातिको खेलमा सिटीले वेष्ट ह्याम युनाईटेडलाई ४–० ले हरायो । म्यान सिटीलाई विजयी गराउन लेरोए सानेले दुई गोल गरे भने राहिम स्टर्लिङ र डेभिड सिल्भाले १–१ गोल गरे ।

गएराति भएको अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई ३–० ले हराउँदा फुल्हमले साउथह्यापटनमाथि ३–२ को जित निकाल्यो । यसैगरी एभर्टनले कार्डिफ सिटीलाई १–० ले पराजित ग-यो । गएरातिको खेलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले गोलरहित बराबरीमा रोक्दा ब्राईटन र लेष्टर सिटीले १–१ गोलको बराबरी खेले ।