काठमाडौं । सरकार वृहत शान्ति सम्झौता अनुरुप गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई अन्ततः औपचारिक विदाइ दिने निर्णयमा पुगेको छ ।
दुवै आयोगको काम गर्नका लागि सरकार पूर्व एमाले निकट तथा हाल राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार सम्बन्धी सल्लाहकार सुशील प्याकुरेललाई नयाँ संयन्त्रको नेतृत्व सुम्पिन लागेको बताइएको छ ।
करिब ६३ हजार लिखित उजुरी दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र करिब ३ हजार व्यक्तिहरु बेपत्ताबारे छानबिन पूरा गरी उचित दण्ड सिफारिस गर्न निर्मित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद आउने माघ २६ मा सकिँदै छ ।
‘एमाले र माओवादीको विलयपछि खासगरी पूर्ववर्ती माओवादीलाई आममाफी दिनु सरकारको बाध्यता भएकाले यो कदम उठाउन लागेको’ मेलमिलाप आयोगका एक सदस्यले बताएका छन् ।