नुवाकोट ।भूकम्पको कारण जोखिममा रहेका जिल्लाका बस्तीको पुनः प्राविधिक अध्ययन गर्न माग गरिएको छ ।
विदुरमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको बैठकमा सहभागीले जोखिममा रहेका बस्तीको पुनः प्राविधिक अध्ययन गर्न माग गरेका हुन् ।
म्यागङको किम्ताङ, दुप्चेश्वरको घ्याङफेदी, किस्पाङको साल्मे, महाकालीको कल्लेरी, मुलाबारी, कटुन्जे ढकालथोक, पञ्चकन्याको थप्रेक, लिखु–३ को भलाद्मी डाँडालगायत बस्तीको पुनः प्राविधिक अध्ययन गर्न सरकारलाई अनुरोध गरिएको छ ।
जोखिममा भएका बस्तीका लाभग्राहीले रकम लिएको तर पहिरोका कारण बस्ती स्थानान्तरणमा समस्या देखिएकाले ती वस्तीको पुनः प्राविधिक अध्ययन गरी निर्णय गर्न सरकारसँग माग गरिएको सांसद नारायणप्रसाद खतिवडाले बताए। “लाभग्राहीको स्थानान्तरणमा समस्या देखिएको छ,” उनले भने “यस्ता बस्तीलाई व्यवस्थित गर्न आवश्यक छ ।”
जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले केही अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
अब भूकम्पपीडितको समस्या र छुटेकाको गुनासोलगायत समस्या समाधान र समन्वय स्थानीय तहबाट नै हुने राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले बताए । समितिले १२ बुँदे निर्णय गर्दै जिल्लामा पुनः निर्माणको बाँकी कामलाई सम्पन्न गराउन जिल्लाले समन्वयकारी भूमिका खेल्ने जनाएको छ ।
बैठकका सांसद हितबहादुर तामाङले स्थानीय तहले सिफारिस गर्दा भूकम्पपीडितलाई विवरण झुठा ठहरिए कानूनबमोजिम कारवाही भोग्न तयार छु भन्ने कागज बनाएर सिफारिस दिनुपर्ने बताए ।
“जग्गा खरिदका लागि रु २ लाख अनुदान दिँदा कतै जग्गा नभएको हुनुपर्छ । स्थानीयले सिफारिस गर्नुपर्छ । त्यो सिफारिसमा स्थानीय तहले सबै व्यक्तिको जग्गा कहाँ छ, कहाँ छैन थाह नहुनसक्छ ।
डिसी नेपाल