३२ असार २०८२, बुधबार
Follow Us

एक करोडमा रेडक्रस उपशाखा भवन निर्माण सम्पन्न

nepalbritain news
२२ पुष २०७५, आईतवार ०३:२१

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ द्वारा छोरेपाटनमा एक करोड पाँच लाख ७१ हजार ८१७ को लागतमा चारतले पक्की भवन निर्माण सम्पन्न भएको छ ।

सो भवन निर्माणका लागि मन्त्री रवीन्द्र अधिकारीमार्पmत संसद् विकास कोषबाट रु सात लाख, पोखरा महानगरपालिकाबाट रु नौ लाख, संस्थाका विशिष्ठ, आजीवन र साधारण सदस्य गरी कूल ३९९ जनाबाट लगभग ७७ लाख सङ्कलन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका नाउँमा सिद्धार्थ राजमार्गमा रहेको छ आना दुई दाम एक पैसा क्षेत्रफलको जग्गामा निर्माण गरिएको सो भवनका तीन वटा फ्ल्याट भाडामा दिइएको छ भने माथिल्लो तल्लामा हलसहितको कार्यालय रहेको छ ।

सो भवनको आज एक समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै सामाजिक सेवामा समर्पित रेडक्रसकर्मीले सञ्चालन गर्ने प्रत्येक कार्यमा महानगरको सहयोग रहने बताए।

सभा भवनबाट भाडावापत मासिक प्राप्त हुने रु ६० हजार आवश्यकताका आधारमा सामाजिक क्षेत्रमा लगानी गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक एवं शाखा उपसभापति झपिन्द्रराज रेग्मीले जानकारी दिए।
डिसी नेपाल

धेरै पढिएको