१० जेष्ठ २०८१, बिहीबार
Follow Us

दुई व्यक्तिलाई एउटै भनी आदेश

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७५, आईतवार ०२:०५

काठमाडौँ — उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरिदिएको हो ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ । आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।