४ श्रावण २०८२, आईतवार
Follow Us

गाडी दुर्घटनामा एकको मृत्यु

nepalbritain news
४ चैत्र २०७५, सोमबार ११:११

डोटी : डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद नेपाल प्रहरी जवान भएको बताइएको छ ।
घाइते दुई जनालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको तथा अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । सडकमा रोकिराखिएको गाडीमा ओट (रोक्न राखिने वस्तु) नलगाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गाडाी सडकबाट करीब २० मिटर तल खेतबारीमा खसेको थियो ।
रासस

धेरै पढिएको