२३ बैशाख २०८१, आईतवार
Follow Us

क्लिन्टन र ट्रम्पबीच फेरी चर्को बहस

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७३, बिहीबार १५:४३

उम्मेदवारी दिनुहुनासाथै ट्रम्पले आप्रवासी मामिलालाई अमेरिकाको मुख्य समस्या बनाउनु भएको र हरेक सम्बोधन, भाषणमा वर्तमान आप्रवासी नीतिको तीव्र आलोचना गर्दै यसमा आमूल परिवर्तन ल्याउनु पर्ने वकालत गर्दै आउनु भएको छ । आप्रवासी मामिलामा ट्रम्पको सम्बोधन निकै आक्रामक रहेकोले धेरै श्रोतावर्गले रुचाएको पाइएन ।

अझ मेक्सिकोसँगको सीमाक्षेत्रको दुईहजार माइलभन्दा बढी अमेरिकी भूमिमा बलियो पर्खाल निर्माण गर्ने रिपब्लिकन पार्टीको योजनालाई जोडदार शव्दमा घोषणा गर्नु भयो ।

अन्य देशबाट अमेरिका बसाईसराई गर्नेहरुलाई निरुत्साहित गरिने र अमेरिका आफैंले पनि आप्रवासी आमन्त्रण नगर्ने भन्दै ट्रम्पले यस्ता मामिलामा कुनै पनि सम्झौता नगरिने बताउनु भयो ।

क्लिन्टन भने आप्रवासी मामिलामा त्यक्ति गम्भीर हुनुभएन । सीमा सुरक्षालाई चुस्त बनाइने, बर्षौंदेखि अमेरिकामा बसोबास गर्दै आएका तर कागजपत्र दुरुस्त नभएका आप्रवासीहरुलाई कानूनी मान्यता दिइ आप्रवासी कानूनको शर्त पूरा गर्नेहरुलाई अमेरिकी नागरिकता समेत दिइने क्लिन्टनको भनाइ रह्यो ।

बहसकै क्रममा ट्रम्पले क्लिन्टन र राष्ट्रपति ओबामालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको “कठपुतली” भन्ने संज्ञा दिँदा श्रोतामाझ निकै हाँसो पैदा भएको थियो ।

त्यस्तै अमेरिकामा रोजगारीका अवसर सिर्जनाका सम्बन्धमा ट्रम्पले आगामी दस वर्षमा थप दुईकरोड पचासलाखजनालाई रोजगारी दिने ग्यारेन्टी गर्छु भन्नुभयो भने हिलारीले कुनै समय सीमा नतोकी, आफूले तयार पारेको आर्थिक योजना लागू भएमा एककरोड थप रोजगारीका अवसर उपलब्ध हुने दाबी गर्नुभयो ।

ब्यक्तिगत गाली गलौज भने अत्यन्त न्यून रहेको सो बहस कार्यक्रम समग्रमा पहिले पहिले सन्चालित यस्तै कार्यक्रमहरुभन्दा खासै भिन्न नभएता पनि यस अन्तिम प्रत्यक्ष बहसले क्लिन्टनलाई थोरै लाभ र ट्रम्पलाई धेरै हानी पु¥याउनेखालको रह्यो भन्ने निष्कर्ष निकालिएको छ । रासस