१६ बैशाख २०८१, आईतवार
Follow Us

सरकारदेखि दुध बेच्नेसम्म फुटपाथ अतिक्रमण (फोटोफिचरसहित)

sarusaru
१३ असार २०७६, शुक्रबार ०२:५५

काठमाण्डौ – पछिल्लो समय पैदल हिँड्नेहरुका लागि धेरै नियम बने । जेब्रा क्रसिङबाट मात्रै हिँड्नुपर्ने ,सवारी साधन गुड्ने सडकबाट हिँड्न नपाइनेजस्ता नियम बने । तर के त्यस्ता नियम पैदल हिँड्नेहरुका लागि मात्रै लागू हुने हुन् ?
फुटपाथमा विभिन्न पसलहरु गरिन्छन् , कपडा बेच्ने , फलफूल र तरकारी बेच्ने ,दुध बेच्ने आदि । त्यतिमात्र होइन सर्वसाधारणको लागि नियम बनाउने सरकार आफै नियम मिचेको छ । सिंहदरबारको दक्षिण गेटनेर सिंहदरबारले नै फूटपाथ अतिक्रमण गरेको छ । फुटपाथमा बोर्डको बार लगाएर पैदल हिँड्न दिइँदैन , सडकबाट हिँड्न पनि सवारी साधन गुड्ने ठाउँमा पैदल हिँड्नेलाई निषेध गरिएको छ । त्यस्तै सरकारी गाडीहरु पार्किङ जता गरेपनि हुने र प्राइभेट गाडीहरु पार्किङ गर्दै आइरहेको ठाउँमा पार्किङ गर्दा पनि चिट काट्ने गरिन्छ । के सरकारले नियम मान्न नपर्ने हो ?