२७ बैशाख २०८१, बिहीबार
Follow Us

माफियाहरुले दशै हडप्न खोजेः महरा

नेपालब्रिटेन डट कम्
१४ असार २०७६, शनिबार १२:३८

काठमाडौं–सभामुख कृष्ण बहादुर महरा ‘माफिया’हरु प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न दुष्प्रयास गरेको बताए ।
सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भइरहेको भन्ने सन्र्दभमा उनले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरुले देशै हडप्न लागेको’ उनको भनाई छ । उनले यसलाई ‘राजनीतिक प्रदूषण’ को संज्ञा दिए ।

उनले भने, “प्रदुषण राजनीतिमा पनि छ । अहिले भर्खरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो ।”
सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, बन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए ।
राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्तर्गत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए ।