२५ बैशाख २०८१, मंगलवार
Follow Us

सुरुङभित्र काम गर्दै गर्दा दुई कामदार घाइते

sarusaru
१८ असार २०७६, बुधबार ०३:०८

संखुवासभा : चिचिला गाउँपालिका-३ केराबारी पुखुवामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको सुरुङमा काम गर्दै गरेका दुई कामदार घाइते भएका छन्।

सुरुङ मार्गमा ढिस्कोले लाग्दा भारतको विहार प्रान्त राजपुर जिल्लाका विवेक सिंह र दार्चुला नगाड गाउँपालिका-४ का अकवर सिंह ठगुन्ना घाइते भएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक छिरिङ शेर्पाले जानकारी दिए।

रोहित एण्ड छिरिङ कन्ट्रक्सनले निर्माण गर्दै गर्दा ढिस्को खस्दा उनीहरु घाइते भएका हुन्। सोमबार राति १२ बजे पुखुवाको सुरुङ मार्गमा विस्फोटक पदार्थ लोड गर्दै गरेको अवस्थामा डिस्कोले किचेको थियो। घाइते भएका अकवर ठगुन्नाको बाँया खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।

उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। दार्चुलाका ठगुन्नाको थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
अन्नपूर्ण पोष्ट