१६ बैशाख २०८१, आईतवार
Follow Us

आइफाले यस्तो डरलाग्दो प्रस्ताव राख्दा पनि सरकारले स्वीकारेको खुलासा (पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०९:०९

काठमाडौँ –आइफा अवार्डको विवादबारे सनसनीपूर्ण खुलासा भएको छ । आईफाले नेपालको राष्ट्रिय हित विपरितको प्रस्ताव राखेपनि नेपाल सरकारले स्वीकार गरेको पाइएको हो ।
यद्यपि सरकारले आइफा नगर्ने बताइसकेको छ । तैपनि किन यो अवार्ड गर्न खोजियो भन्नेबारे चासो सवत्र छ ।
आइफाको प्रस्तावले नेपालको स्वाधीनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै संसदीय समितिले नै सरकारलाई यो रोक्न भनेको थियो ।

प्रस्तावमा अरु के– के छ ?
– ५ टन कार्गो नेपाल सरकारले गर्नुपर्ने
– १४ सय बेड पाँच तारे होटलमा ब्यवस्था गर्नुपर्ने
– सडक यातायातमा सुपर लग्जरिएस मर्सिटिज वा बिएम डब्लु ७ सिरिजको ४० वटा पाँच दिनलाई दिनुपर्ने । (यो नेपालमा छैन)
– मर्सिटिज इक्लासको वा एमडब्लु ५ सिरिजको ६० वटा कार ७ दिनलाई दिनुपर्ने । (यो पनि नेपालमा छैन)
– लक्जरियस कोच (ठूलो बस ५२ सिटको) ३ वटा ५ दिनलाई दिनुपर्ने ।
– लगेज भ्यान ६ वटा ७ दिनलाई दिनुपर्ने ।
– सुरक्षाको प्रत्याभूति हुनुपर्ने, नजिक घेरा सुरक्षाका लागि ६० जना । एयरपोट सुरक्षाका लागि १० जना, होटल सुरक्षाका लागि २० जना, कार्यक्रम वरिपरि सुरक्षाका लागि ६० जना ।
– सहर श्रृगारपटारको लागि छुट्टै बजेट ।
– टुँडिखेलको मैदान २० दिनलाई चाहिने ।


हेर्नुहोस्, के थियो आइफाको प्रस्ताव