२८ बैशाख २०८१, शुक्रबार
Follow Us

८ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो

नेपालब्रिटेन डट कम्
२७ असार २०७६, शुक्रबार १५:४७

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करीब ८ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साढे ७ बजेतिर यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको थियो ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको विमानस्थलले जनाएको छ । अहिले उडान र अवतरण सहज रुपमा भइरहेको छ ।