१७ असार २०८१, आईतवार
Follow Us

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०८:५८

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित हुनुहुन्छ । प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता
पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।