२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन युके नर्दन आयरल्याण्डले गर्‍यो च्यारीटि, एउटा पुषले मात्र जाडो जांदैनः सुनार

नेपालब्रिटेन डट कम्
१ पुष २०७६, मंगलवार १३:५२

धर्मराज अधिकारी। बेलफास्ट । गैर अवासीय नेपाली संघ युके नर्दन आयरल्याण्ड राज्य परिषद्ले भैपरिआउने कोषका लागि च्यारीटि कार्यक्रम आयोजना गर्‍यो । सोमबार बेलाफास्टस्थित द राज रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा एनआरएन युकेका निवर्तमान उपाध्यक्ष शेर सुनारले प्राबिधिक रुपमा आफुले निर्वाचनमा हार बेहोर्नुपरेको जिकिर गरे ।

मैले टेक्निकल्ली चुनाव हारे, तरपनि बेलायतवासी नेपालीहरुको मन जितेको छु, सुनारले भने, एउटा पुषले मात्र जाडो जांदैन । बर्तमान कार्यसमितिले यस्तै हर्कत गरे आगामी चुनाबमा एनआरएनए युकेको सदस्य संख्या तिन हजार पनि नपुग्ने उनको भनाई थियो । मेरै जोडबलमा आठहजार भन्दा बढि सदस्य बनेको हो, उनले भने यस्तै रहे अहिलेको संख्यामा धेरै कमी आउंछ ।
नर्दन आयरल्याण्ड राज्य परिषद्का अध्यक्ष नारायण कुंबरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एनआरएन आइसीसी सदस्य दयानीधि सापकोटाले एनआरएन युकेको राज्य परिषद् विस्तारमा नर्दनआयरल्याण्डमा रहेका नेपालीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । उनले च्यारीटि कार्यक्रममको सफलताको कामना गर्दै पहिलोपल्ट परिषद्ले राम्रो कामको शुरुवात गरेकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा एनआरएन आयरल्याण्डका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल, युकेका उपाध्यक्ष नारायण कंडेल, सचिव कृष्ण ढकाल लगायतले मन्तव्य दिएका थिए । नर्दन आयरल्याण्ड राज्य परिषद्का सचिव छम रेग्मीद्धारा सञ्चालित कार्यक्रममा नर्दन आयरल्याण्ड नेपाली समाजका सचिव पुर्णश्वर कंडेलले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएकी लोक गायीका खिमा रोका मगर र गायक ज्ञानसिंह पुनले प्रश्तुती दिएका थिए ।
सोहि अवसरमा एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले राज्य परिषद्का सहसचिव विष्णु क्षेत्री र सदस्य तुलसीराम पौडेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।