२४ बैशाख २०८१, सोमबार
Follow Us

आजबाट संसद्को हिउँदे अधिवेशन, संसद विजनेसविहिन नहुने

नेपालब्रिटेन संवाददाता
४ पुष २०७६, शुक्रबार ०४:०२

काठमाडौं । विधेयक अधिवेशनका रूपमा लिइने संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । हिउँदे अधिवेशनको तयारी पूरा भएको र प्रतिनीधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्ने संसद सचिवालयले जनाएको छ ।

आजबाट शुरु हुने अधिवेशनमा प्रतिनिधिसभाको पहिलो काम सभामुख चयन हुने छ । बैठक बसेको सातादिनभित्र सभामुख छानिसकिने संसद सचिवालयले जनाएको छ ।

सभामुख चयनपछि संसदका समितिमा रहेका र दर्ता भएका विधेयक प्रतिनिधिसभा बैठकका बिजनेस हुनेछन् । हाल प्रतिनिधिसभामा २७ वटा विधेयक छन् । जसमध्ये केही भर्खरै सचिवालयमा दर्ता भएका छन् भने केही समितिबाट पास भएर अधिवेशन शुरु भएलगत्तै बैठकमा पेश हुनेछन् ।

ती विधेयक समितिका दफावार छलफलका प्रतिवेदनसहित पेस हुनेछन् । प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा अहिले १५ विधेयक छन् । राष्ट्रियसभाका समितिमा छलफलका क्रममा ६ विधेयक रहेका छन् । संसद सचिवालयले विधेयक अधिवेशनमा संसद विजनेस विहिन नहुने बताएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले हालैमात्र १० विधेयक अध्ययनका लागि प्राप्त गरेका छन् । ८ विधेयक प्रतिनिधिसभा सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ भने प्रतिनिधिसभाका सांसदले अध्ययनका लागि २ विधेयक प्राप्त गरेका छन् ।