८ बैशाख २०८१, शनिबार
Follow Us

नेता थापाद्वारा भ्रमण वर्षको अवसरमा सरसफाइ

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७६, बुधबार १०:३४

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उहाँले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराउनु भएको थियो ।

उहाँले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताउनुभयो । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताउनुभयो ।

नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफँैले फोहर नफाल्ने भनेर सङ्कल्प ग-यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ भन्नुुभयो । उहाँले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचा,े डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराउनुभयो । नेता थापा सोही टोलमा बस्नुहुन्छ ।